दफा
ऐन संहिताको बहिर्क्षेत्रीय प्रयोग
(१) कसैले नेपाल बाहिर देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस संहिता बमोजिम सजाय हुनेछः-

(क) दफा ५४ बाहेक भाग २ को परिच्छेद १ अन्तर्गतको कसूर,
(ख) नेपालबाट कुनै व्यक्तिलाई अपहरण गरी भाग २ परिच्छेद १७ अन्तर्गत गरेको कसूर,
(ग) दफा १६७, २७६ र २७९ अन्तर्गतको कसूर,
(ग१) दफा १९२क. बमोजिमको कसूर,
(घ) नेपालभित्र चलनचल्तीमा ल्याउने वा पैठारी गर्ने उद्देश्यले गरेको भाग २ परिच्छेद २२ र २३ अन्तर्गतका कसूर
(ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा रहेको

(२) कसैले नेपालमा दर्ता भएको वायुयान वा जलयानभित्र यस संहिता अन्तर्गतको कुनै कसूर नेपाल बाहिर रहँदाका बखत गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस संहिता बमोजिम सजाय हुनेछ ।

(३) कुनै नेपाली नागरिक वा अन्य कसैले नेपाल बाहिर कुनै नेपाली नागरिक विरुद्ध देहायको कुनै कसूर गरेमा निजलाई नेपालभित्र नै त्यस्तो कसूर गरे सरह यस संहिता बमोजिम सजाय हुनेछ:-
(क) ज्यान लिएको वा ज्यान लिने उद्योग, षड्यन्त्र गरेको कसूर, दुरुत्साहन वा
(ख) असहाय व्यक्तिलाई परित्याग गरेको कसूर,
(ग) अङ्गभङ्ग गरेको कसूर
(घ) अपहरण, शरीर बन्धक वा गैरकानूनी थुनामा राखेको कसूर
(ङ) जवर्जस्ती करणी वा हाडनाता करणी गरेको कसूर,
(च) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्था विरुद्ध आपराधिक उपद्रव, आपराधिक लाभ, आपराधिक विश्वासघात, कीर्ते, चोरी, ठगी, डाँका वा सम्पत्तिको आपराधिक उपयोग गरेको कसूर,
(छ) दफा १५८ अन्तर्गतको कसूर,
(ज) भाग - २ परिच्छेद- ११ अन्तर्गतका विवाह सम्बन्धी कसूर,
(झ) नेपालभित्र पैठारी गर्ने उद्देश्यले खाद्य पदार्थ वा औषधिमा मिसावट गरेको कसूर,
(ञ) दफा २३१, २३२ र २३३ अन्तर्गतका इलाज सम्बन्धी कसूर,
(ट) भाग ३ को परिच्छेद २ अन्तर्गतको कसूर ।